प्रस्तुत विषयमा यस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गरेको ISc.Ag. Plant Science (बाली बिज्ञान) , ISc.Ag. Animal Science (पशु बिज्ञान) र Diploma in Forestry(वन बिज्ञान) (३ बर्षे) शैक्षिक कार्यक्रमहरुमा यसै शैक्षिक शत्र ०७८/७ ९ को लागि पुनः आवेदन फारम खुला गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फारम भर्नको लागि आवश्यक कागजातहरु –
१) नागरिकता/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
२) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 35mm*45mm (MRP Size) को २ प्रति रङ्गिन फोटो । (फोटोको पछाडि नाम, थर र अध्ययन गर्न चाहेको कार्यक्रम स्पष्टसंग लेखिएको हुनुपर्नेछ । )
३) एस.एल.सी. वा प्राविधिक एस.एल.सी वा एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाण पत्रको प्रतिलिपी ।
नोटः आवेदन फारम बुझाउने अन्तिम मितिः– २०७८ साल मुङ्सिर ०८ गते बुधबारसम्म ।